नेपाललाई ठूलो सहयोग आवश्यक’

0 2
काठमाडौं : विश्व बैंकले नेपालमा वैशाख १२ मा गएको भूकम्प र त्यसपछिका लगातारका पराकम्पनले अर्थतन्त्रमा गम्भीर असर पुर्‍याएकाले सुधारका लागि पर्याप्त आर्थिक सहयोग गर्नुपर्ने बताएको छ।
भूकम्पले नेपालको अर्थतन्त्रको एक तिहाई बराबर नोक्सान पु:याएकाले ठूलो आर्थिक सहयोगसहित प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बैंकले जनाएको छ।
नेपालले भूकम्पपछि क्षतिको मूल्यांकन प्रतिवेदन (पीडीएनए) सार्वजनिक गरिसकेको र सोही आधारमा असार १० मा दाता सम्मेलन गर्न लागेको छ।
 सम्मेलनमार्फत अर्थतन्त्रलाई गतिशील बनाउन आर्थिक तथा प्राविधिक सहायता आवश्यक रहेको विश्व बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
पीडीएनएनको प्रारम्भिक प्रतिवेदनमा पुनर्निर्माण कार्यका लागि ६ खर्ब ६६ अर्ब रुपैयाँ चाहिने उल्लेख छ। भूकम्पले थप तीन प्रतिशत गरिबी बढेको छ।
‘नेपालको अर्थतन्त्रलाई भूकम्पले नराम्ररी असर पु:याएको छ। समयमै सचेत भएर सुधारका कार्यक्रम नल्याए भविष्यमा ठूलो समस्या निम्तिन सक्छ,’
विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष एन्नेट डिक्सनले भनेका छन्।
पुनर्निर्माणका लागि ठूलो साधनस्रोत आवश्यक पर्ने भएकाले आगामी असार १० मा हुने दाता सम्मेलनबाट आवश्यक रकम, सञ्चालन गरिने कार्यक्रम तथा भावी रणनीतिका बारेमा थप प्रष्ट हुने पनि विश्व बैंकले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।