अस्थायी घर बनाउन दुई अर्ब निकासा

0 7

२ असार, काठमाडौं । भूकम्प प्रभावित जिल्लामा सरकारले करिब साढे दुई अर्ब रुपैयाँ निकासा दिएको छ । अस्थायी आवासका लागि प्रतिपरिवार १५ हजारका दरले रकम निकासा भएको हो ।

व्यवस्थापिका-संसद राष्ट्रिय विपत व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिको मंगलबार बसेको बैठकमा उपप्रधानमन्त्री तथा गहृमन्त्री वामदेव गौतमले अस्थायी आवास निर्माण गर्न दुई अर्ब ५२ करोड ११ हजार रुपैयाँ निकासा एको जानकारी दिएको नयाँ पत्रिकामा खबर छ ।

गौतमले वर्षायामलाई ध्यानमा राखेर भूकम्प प्रभावित जिल्लामा अत्यावश्यक खाद्यान्न र औषधिको भण्डार र पुनर्वासका लागि सरकारले गरिरहेको प्रयासका बारेमा समेत समितिलाई जानकारी गराएका थिए ।

सरकारले बंगलादेशबाट प्राप्त गरेको १० हजार मेटि्रकटन भूकम्पबाट अतिप्रभावित धादिङ, नुवाकोट र गोरखालगायतका जिल्लामा पठाएको पनि गौतमले जानकारी दिए ।