कति छन् उपत्यकामा पेसेवर चोर ?

0 8

काठमाडौं,असार २ – उपत्यकामा पाँच सयभन्दा धेरै पेसेवर ‘चोर’ रहेको अनुमान छ । यसमध्ये करिब ६० जना प्रहरी हिरासतमा छन् । १२ वैशाखको भूकम्पयता महानगरीय अपराध महाशाखाले मात्र ५० जना चोरीका अभियुक्त पक्राउ गरेको छ । पक्राउ परेका केही जेलमा छन् । तर, ठूलो संख्यामा चोरीका अभियुक्त पक्राउ परे पनि चोरीका घटना नियन्त्रण हुन सकेको छैन । सयभन्दा धेरै पाकेटमारहरुको समूहसमेत राजधानीमा सक्रिय रहेको प्रहरीले जनाएको छ । उपत्यकाका विभिन्न क्षेत्रमा विभिन्न चोरका समूह सक्रिय हुने गरेको प्रहरी अधिकारी बताउँछन् । दिउँसो चोर्ने, राति चोर्ने तथा केही सिक्री तान्ने त केही हतियार देखाएर डकैती गर्ने समूह सक्रिय रहेको जनाएको छ, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।