‘भूकम्पले सगरमाथा नै धकेलियो’

0 8

हङकङ,असार २ – नेपालमा हालै गएको शक्तिशाली भूकम्पको प्रभावले विश्वको सर्वोच्च शिखर सगरमाथा दक्षिण–पश्चिमतिर सरेको चीनको राष्ट्रिय नक्सांकन, सर्वेक्षण तथा भौगोलिक सूचना व्युरोले जनाएको छ । वैशाख १२ को ७.६ म्याग्निच्युड स्केलको भूकम्पले सगरमाथा तीन सेन्टिमिटर दक्षिण–पश्चिम सरको तर उचाइमा आधारभूत परिवर्तन नदेखिएको ब्युरोले सोमबार जनाएको हो । राष्ट्रिय नक्सांकन, सर्वेक्षण तथा भौगोलिक सूचना ब्युरोले सोमबार जारी गरेको रिपोर्ट उद्धृग गर्दै चिनियाँ सञ्चार माध्यमले सगरमाथाको उचाइ परिवर्तन नभएको मंगलबार प्रस्त पारेका छन् । व्युरोले २००५ देखि २०१५ भित्र प्रत्येक वर्ष चार सेन्टिमिटरका दरले दस वर्षमा सगरमाथा ४० मिटर उत्तर–पूर्व सरेको आफ्नो तथ्यांक प्रक्षेपण गरेको छ । प्रत्येक वर्ष ०.३ सेन्टिमिटरका दरले सगरमाथाको उचाइ बढिरहेको पनि ब्युरोको तथ्यांक छ । आजको नागरिक दैनिकमा खबर छ । यता नापी विभागले भने प्राविधिक र वैज्ञानिक आधार स्पष्ट नभएसम्म सगरमाथा सरेको चिनियाँ दाबीमा भरपर्न नसकिने प्रस्ट पारेको छ । ‘तीन सेन्टिमिटरजस्तो सानो मानमा गरिएको यो दाबी त्यसै मान्न सकिँदैन । यसका प्राविधिक र वैज्ञानिक आधार स्पष्ट भइसकेका छैनन्,’ नापी विभागका महानिर्देशक मधुसुदन अधिकारीले भने,‘उच्चस्तरीय सुक्ष्म अध्ययन र प्रोसेसिङबिना ल्याइएको यस्तो दाबी हामीले मान्नु पर्दैन ।’