बुधबार बिहानै फेरि ४.४ रेक्टरको भुकम्पको धक्का

0 5
काठमाडौं : बुधबार बिहान काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ  काठमाडौँलाई केन्द्रबिन्दु बनाएर  ४.४ रेक्टरको भूकम्पको धक्का महसुस भएको छ ।
बिहान ५ बजेर ५९ मिनेटमा करिब ३ सेकेन्डसम्म भुकम्पको धक्का महसुस भएको हो ।vukam
यसअघि मंगलबार राति दोलखा केन्द्रबिन्दु भएको भुकम्पको धक्का महसुस भएको थियो । मंगलबार राति ९ बजेर ५६ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४.१ म्याग्निच्यूटको भूकम्प गएको थियो ।
त्यसअघि सोमबार दिउँसो ३ बजेर ५२ मिनेटमा सिन्धुपाल्चो केन्द्र भएको भूकम्प गएको थियो ।
वैशाख १२ को शक्तिशाली भूकम्पयता हालसम्म ३ सय ५० वटा बढी ४ म्याग्निच्यूडका भूकम्पका धक्का महसुस भइसकेका छन् ।