दोलखा केन्द्रबिन्दु भएको भूकम्पको धक्का

0 9
काठमाडौं : मंगलबार राति दोलखा केन्द्रबिन्दु भएको भुकम्पको धक्का महसुस भएको छ । मंगलबार राति ९ बजेर ५६ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४.१ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको हो ।

सोमबार दिउँसो ३ बजेर ५२ मिनेटमा सिन्धुपाल्चो केन्द्र भएको भूकम्प गएको करिब ३० घण्टापछि अर्को भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जाएको छ।

वैशाख १२ को शक्तिशाली भूकम्पयता हालसम्म ३ सय ५० वटा बढी ४ म्याग्निच्यूडका भूकम्पका धक्का महसुस भइसकेका छन् ।