खुल्यो बसन्तपुर दरबार क्षेत्र

0 11

काठमाडौ, असार १ – बैशाख १२ गतेको महाभूकम्पले क्षतिग्रस्त ऐतिहासिक स्थल बसन्तपुर दरबार स्क्वायर क्षेत्र मंगलबारदेखि पर्यटकका लागि खुला गरिएको छ । भूकम्पपछि उक्त क्षेत्रमा प्रवेश निषेध गरिएको थियो ।

भूकम्पले त्यहाँ रहेको दरबार संग्रहालय, काष्ठमण्डप मन्दिर, माजुदेव मन्दिर, कागेश्वरी मन्दिर, कृष्णमन्दिर, लक्ष्मी नरायण मन्दिर र कृष्ण मन्दिर लगायतका एतिहासिक एवं धार्मिक स्थलमा क्षति पुगेको थियो । क्षतिग्रस्त ति स्थलहरुको पूर्ननिर्माण भने थालिएको छैन । भग्नावशेषलाई हटाएर सरसफाई गरी उक्त क्षेत्रमा पर्यटकका लागि खुला खरिएको हो । असुरक्षित मानिएको स्थानमा भने प्रवेशमाथि रोक लगाइएको छ ।

भूकम्पपछि प्रवेश निषेध गरिएको बसन्तपुर दरबार क्षेत्र खुला गर्ने कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र पर्यटन मन्त्री कृपासुर शेर्पा सहित मन्त्रालयका अन्य अधिकारी पुगेका थिए । पूर्वप्रधानमन्त्री खनालले पर्यटकलाई स्वागत गरेर दरबार क्षेत्र घुम्न सुरक्षित रहेको सन्देश दिएका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

-source:ekantipur