सूर्तीजन्य पदार्थ प्रयोगमा तत्काल रोक लगाउन माग

June 16 2015 12:11

१ असार, काठमाडौं । सूर्तीजन्य पदार्थको प्रयोगमा तत्काल रोक नलगाए यसले ठूलो क्षति पुर्याउने भन्दै सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार राजधानीमा क्यान्सर काउन्सिल नेपालले आयोजना गरेको ‘वातावरणीय प्रभाव, सूर्तीजन्य पदार्थको नकारात्मक प्रभाव, क्यान्सर रोग तथा मुटु रोगको प्रभाव’ विषयक विचार गोष्ठीमा सहभागीले सुर्तिजन्य पदार्थको प्रयोग विरुद्धको अभियान विद्यालयस्तरबाटै सुरु गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विष्णुदत्त पौडेलले सूर्तीजन्य पदार्थको नकारात्मक प्रभावबारे ध्यानाकर्षण गराउन विद्यालयस्तरमै जनचेतनामूलक कार्यक्रम राख्न सकिए क्यान्सर रोग न्यूनिकरण हुने बताए ।

उनले सूर्तीजन्य पदार्थको उत्पादन, बिक्री वितरण तथा उपयोगमा रोक लगाउन सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए ।

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले सूर्तीजन्य पदार्थको प्रयोगबाट टाढै बसे क्यान्सर तथा मुटु रोगबाट कसैले पनि अनाहकमा ज्यान गुमाउन नपर्ने विश्वास व्यक्त गरे ।

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top