कंगना र दीपिकाको सम्बन्ध ‘कट्टी-बट्टी’, ‘लिभिङ टूगेदर’का बारेमा यस्तो भनाई

0 9

बलिउडमा नायक-नायक, नायिका-नायिका विचको सम्बन्ध सधै नै विवादमा हुन्छ । अझ, चल्तीका कलाकारविच त झगडा सामान्य जस्तै मानिन्छ । अहिले नायिका कंगना रनौत र दीपिका पादुकोणको सम्बन्ध यस्तै अवस्थामा छ । दुबै जना आफूलाई बलिउडको उच्च स्थानमा मान्छन् । जसका कारण  पनि एकले अर्कालाई तिरस्कार गर्ने प्रचलन यी दुइमा बढ्दै गएको छ ।

आफ्नो नयाँ चलचित्र ‘कट्ट बट्टी’को ट्रेलर लञ्चमा पुगेकी कंगनालाई मिडियाले दीपिकासँगको सम्बन्धको बारेमा प्रश्न सोधेको थियो । जसको जवाफ दिदै उनले दीपिकासँग आफ्नो सम्बन्ध कट्टी-बट्टी रहेको बताइन् । यसको अर्थ यी दुई नायिकाविच अझै पनि सम्बन्ध सुधि्रएको छैन ।

उनले बलिउडमा यस्तो चलिरहने पनि बताइन् । उनले सानो-सानो कुरामा पनि चित्त दुख्ने र त्यसले सम्बन्धलाई दरार पैदा गर्ने बताइन् । कार्यक्रममा पुग्नका लागि कंगनालाई लामै समय लागेको थियो । उनका लागि विशेष पहिरन पनि तयार पारिएको थियो । भ्यानेटी भ्यानमा उनलाई पहिरन लगाउन नै आधा घन्टा भन्दा बढी समय लागेको थियो ।

कार्यक्रममा ‘टाइम पास’ लभको बिषयमा बोल्दै कंगनाले आफू पनि यस्तै खालको प्रेमका लागि तयार भएको बताइन् । उनले ‘लिभिङ टूगेदर’का बिषयमा बोल्दै यो आफ्नो साथीमा भर पर्ने बताइन् । कंगनाका अनुसार कहिलेकाही यो सम्बन्धमा रहेपछि मानिस अलग हुने गरेका छन् । तर, अहिले यो सम्बन्धमा रहेर बिहे गर्ने अवस्था आएको कंगनाको भनाई छ ।