एसएलसी रिजल्ट यसै साता

0 12

काठमाडौ, असार १ – चैतमा सम्पन्न एसएलसी परीक्षाको रिजल्ट यसै साता प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार अहिले रिजल्ट प्रकाशित गर्न अन्तिम चरणको काम भइरहेको छ ।

कहीँकतैबाट बाधा आइनपरे यसै साताको अन्तिमसम्ममा रिजल्ट प्रकाशित हुनेमा आफू विश्वस्त रहेको परीक्षा नियन्त्रक द्वारेले बताए ।

यसपटकको एसएलसीमा ५ लाख ७२ हजार विद्यार्थी सहभागी भएका थिए ।