प्रचण्डले धोका दिए : मोहन वैद्य

0 5
काभ्रे : नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले १६ बुँदे सहमति गरेर एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले क्रान्तिलाई धोका दिएको आरोप लगाएका छन्।
नेकपा माओवादी काभ्रे जिल्ला कमिटीको वैठकमा प्रमुख अतिथीका रुपमा बनेपा आएका अध्यक्ष वैद्यले भने, १६ बुँदे सम्झौता गरेर प्रचण्डले धोका दिएका छन्। उनले १० वर्षे जनयुद्ध र त्यसबाट प्राप्त उपलब्धीलाई १६ बुँदे सहमति गरेर एमाओवादीले जनतामाथि बेइमानी गरेको बताए।
उनले अब एमाओवादीसँग एकता नहुने बताउँदै भने, ‘नेपाली जनताले उपलब्ध गरेका क्रान्तिमा एकिकृत नेकपा माओवादीले तुसारापात गरेकाले, अव एकिकृत नेकपा माओवादी संग भएको एकताको सम्भावना टुटीसकेको छ ।’
वैद्यल दोस्रो संविधान सभाले जनताको हक अधिकार दिन नसक्ने हुनाले त्यहाँबाट राम्रो संविधान आउन नसक्ने बताए।बैठकमा बनेपा आएका बैद्यले भुकम्पले आपतकालीन अवस्थामा पनि छिमेकी देश चीन र भारतले नेपालको विना अनुमती नाका सञ्चालन गर्न लागेको बताउँदै यस्तो हस्तक्षेपको प्रतिकारमा उत्रनुपर्ने बताए ।
उनले सरकारले भूकम्प प्रभावितको पुनस्र्थापना राहत तथा पुनर्निर्माणका लागि प्रभावकारी रुपमा काम गर्न नसकेको बताउँदै यस्तो सरकारको कनै औचित्य नहरेकोब बताए ।