नेयमारलाई विश्व सामू चिनाउने जिटो रहेनन्

0 3

१ असार, काठमाडौं । ब्राजिलका पूर्व मिडफिल्डर जिटोको ८२ वर्षको उमेरमा निधन भएको छ । सन् १९५८ र १९६२ मा ब्राजिलले विश्वकप जित्दा उनी टोलीमा थिए । ब्रालिजका लागि ५२ खेल खेलेका उनले अधिकांश समय डिफेन्सिभ मिडफिल्डरको भूमिका निभाए ।

उनले आफ्नो करियर साओ पाओलोको सान्तोषमा बिताए । उनले ७३३ खेलमा ५३ गोल समेत गरे । सान्तोषका कप्तानका रुवमा उनले टीममेट पेलेसँग पनि खेले, जतिबेला पेले उत्कृष्ट फुटबलर थिए ।

ब्राजिलियनर स्टार नेयमारको प्रतिभा बाहिर ल्याउने श्रेय जिटोलाई नै जान्छ । उनले नेयमारलाई मात्र ११ वर्षको हुँदा सन् २००३ मा क्लबमा अनुवन्धन गरे ।

अहिले कोपा अमेरिका खेल्न चिलीमा रहेका नेयमारले जिटोप्रति श्रद्धान्जली दिएका छन् । जिटोबारे बोल्न अहिले आफूसँग कुनै शब्द नै नरहेको भन्दै उनले ट्वीटरमार्फत आफूलाई सहयोग गरेमा धन्यवाद दिएका छन् ।

जिटोको निधनपछि ब्राजिलको सन् १९५८ को विश्वकप फाइनल खेलेको टीमका दुई सदस्य पेले र मारउन जागालो मात्र जीवित छन् ।