चरिकोटको अनाथालयलाई नेविसंघको सहयोग

0 4

१ असार, दोलखा । नेपाल विद्यार्थी संघ दोलखाले सदरमुकाम चरिकोटमा रहेको गौरीशंकर बालगृहमा रहेका बालबालिकालाई पठनपाठनका निम्ति ४१ हजार रुपैँया सहयोग गरेको छ ।

संघको पहलमा संकलन भएको उक्त रकम मंगलबार प्रमुख जिल्ला अधिकारी एवम् वालगृहका संरक्षक देवेन्द्र लामिछानेले बालबालिकाहरुलाई हस्तान्तरण गरे ।

गत बैशाख १२ र २९ गतेकोले क्षतिग्रस्त बनेको बालगृहका बालबालिका अहिले पनि पालमुनी बस्दै आएका छन् । बालगृहमा हाल ११ जना बालबालिका आश्रति छन् ।

उनीहरुको शिक्षा दिक्षा र पठनपाठनका निम्ति आफूहरुले उक्त रकम सहयोग गरेको नेपाली कांग्रेसका युवा नेता एवम नेविसंघका पूर्व केन्द्रीय कोषाध्यक्ष कुन्दनराज काफ्लेले जानकारी दिए ।

उनले अभिभावक गुमाएका अनाथ बालबालिकालाई नेबिसंघले सानो सहयोग गरेको गरेको बताए । नेदरल्याण्ड सरकारको सहयोगमा नेपाल बाल संगठनले सञ्चालन गरेको अनाथालयमा हाल सहयोग बन्द भएपछि चलाउन समस्या परेको अनाथालायका केन्द्र प्रमुख दानबहादुर बस्नेतले बताए ।