एपीएफ महिला राष्ट्रिय क्रिकेटको फाईनलमा

0 4

१ असार, पोखरा । डिफेण्डीङ च्याम्पीयन सशस्त्र प्रहरी वलको एपीएफ क्लब प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले क्षेत्र नम्बर ९ धनगढीलाई ४ विकेटले हराउँदै फाईनलको यात्रा तय गरेको हो ।

एपिएफले टस जितेर पहिले फिल्डिङ रोजेपछि व्याटिङ थालेको धनगढीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७६ रनको मध्यम लक्ष्य प्रस्तुत गर्‍यो । ७७ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको एपीएफले १६ ओभरमै ६ विकेटको क्षेतिमा लक्ष्य भेट्टायो ।

एक विकेट र १७ रन योगदान गरेकी एपिएफकी ऋतु कनुडिया प्लेयर अफ दी म्याच भइन् ।

अहिले दोश्रो सेमिफाईनल खेलमा क्षेत्र नम्बर ७ जनकपुर र क्षेत्र नम्बर १ विराटनगरबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगिता अन्तर्गत बुधबार फाईनल खेल हुने आयोजक क्षेत्रिय क्रिकेट विकास समिति क्षेत्र नम्बर ८ पोखराले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार, दोश्रो हुनेलाई ३० हजार र तेश्रो हुनेलाई २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

जारी प्रतियोगिताबाटै महिला राष्ट्रिय टिमका लागि खेलाडी छनौट गरिने आयोजकले जनाएको छ ।

– Source:Onlinekhabar