जाजरकोटमा भरुवा बन्दुकसहित २ जना पक्राउ

0 11

१ असार, जाजरकोट । जिल्ला प्रहरी कार्यालय जाजरकोटले अबैध हतियार सहित २ जनालाई पक्राउ गरेको छ । पुन्मा गाविस ६ का भद्रबहादुर थापा र पूर्णबहादुर घर्तीलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

प्रहरीको बिशेष टोलीले गाउँमा गस्ती गर्ने क्रममा थापाले घरमा राखेको र घर्तीले जमिन मुनि लुकाएर राखेको अबस्था भरुवा बन्दुक फेला परेको प्रहरी नायव उपरिक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनीहरुको साथबाट भरुवा बन्दुकसहित त्यसमा प्रयोग हुने गोलीसमेत बरामद भएको छ ।

दुबै जनालाई हातहतियार खरखजाना मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

दुर्गम गाउँमा अहिले पनि भरुवा बन्दुकको प्रयोगले शिकार खेल्ने गरिएको छ । प्रहरीले जिल्लाभरबाट अबैध बन्दुक संकलन गरे पनि लुकाएर राख्नेलाई कारवाही गर्न थालेको छ ।

– Source:Onlinekhabar