ट्रिपरमा च्यापिएर मजदुरको मृत्यु

0 9

१ असार, विराटनगर । मोरङको केरावारी २ मा संचालित शिभम् क्रसर उद्योगमा ट्रिपरमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ ।

ना ३ ख २२६८ नम्वरको ट्रिपरका सहचालक सुनरी इनरुवा १ वस्ने २१ वर्षीय सखिर आलमको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

हाइड्रोलिक विग्रिएको सो ट्रिपरको पछाडि पटि्टको डाला उठाएर मर्मत गर्ने क्रममा हाइड्रोलिक खुस्किँदा पछाडि पटि्टको बडीले थिचिएर आलमको सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएकेा छ ।