दुई किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

0 3

१ असार, गौशाला । महोत्तरीको गौशाला नगरपालिका–८ स्थित मरहा पुलबाट प्रहरीले दुईकिलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहारको सीतामढी जिल्लाको मुजेलिया– १६ बस्ने ४१ वर्षीय सुनिल सोनी रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

नेपालबाट अवैध रुपमा भारततर्फ चाँदी तस्करी गर्न लागेका सोनीलाई इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी नायब निरीक्षक रामबाबु राय यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले गौशाला–८ स्थित मरहा पुलमा शङ्का लागी चेकजाँच गर्दा उनको साथबाट दुई किलो चाँदी बरामद भएको प्रहरी निरीक्षक मच्छिन्द्र केसीले बताए ।

चाँदीसहित पक्राउ परेका भारतीय नागरिक सोनीलाई गएराति ८ बजे आवश्यक कारबाहीका लागि जिल्ला मूल भन्सार कार्यालय भिट्ठामोडमा बुझाइएको छ ।