पत्रपत्रिकाबाट – संसदका कर्मचारीलाई भत्तैभत्ता

0 9

काठमाडौँ, १ असार – सभासदले मासिक कति तलवभत्ता बुझ्छन् ? धेरैलाई थाहा होला र संसद सचिवालयका तल्लो तहका कर्मचारीले बुझ्ने तलवभत्ता सुन्ने जो सुकैले जिब्रो काट्छन्।

किनकि, सचिवालय आफैँले निर्णय गर्न पाउने संसद कर्मचारीको तलबभक्ता अन्य निकायमा कार्यरत निजामती कर्मचारीको भन्दा अत्यधिक बढी छ। यहाँसम्म कि सभासदको तलबभक्ता भन्दा बढी संसदका कार्यालय सहयोगीले बुझ्छन्, नागरिक दैनिकमा खबर छ।

संसदका सबै कर्मचारीलाई तलबबाहेक ८० प्रतिशत अतिरिक्त प्रोत्साहन भत्ता दैनिक ६ सय खाजा भक्ता र विदाको दिनको ७ सय ५० रुपैयाँ खाजाभक्ता भुक्तान गर्छ। सभासदको मासिक तलव ४० हजार १ सय ६० छ  तर संसद कार्यालयका सहयोगी मासिक ४१ हजार ३ सय ६४ बुझ्छन्।