बोक्सोको आरोपमा बाबु-छोरामाथि कुटपिट

0 11

३२ जेठ, हेटौडा । मकवानपुरको छतिवनमा बोक्सोको आरोपमा दुई जना पुरुषलाई स्थानीयले कुटपिट गरेका छन् । छतिवन-४ हार्दा कत्लेखोला निवासी थिङ थरका बाबु-छोरालाई स्थानीयको एक समूहले कुटपिट गरेको हो ।

स्थानीय एक महिलाको मानसिक स्थिति बिग्रिएपछि थिङ बाबु-छोरा बोक्सो लागेको भन्दै सोही स्थानका बीरबहादुर स्याङतान, भीमबहादुर स्याङतान र रामबहादुर वाइवा लगायतको समूहले कुटपिट गरेको पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

पीडकलाई कारबाही र न्याय माग गर्दै उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले हात्तिसुँढेको प्रहरी चौकीलाई आवश्यक अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ ।