झण्डै एक लाख अमेरिकी डलरसहित चिनियाँ महिला पक्राउ

0 9

३२ जेठ, काठमाडौं । काठमाडौंबाट चेङदु जान लागेकी चिनियाँ महिला झण्डै एक लाख अमेरिकी डलरसहित विमानस्थलबाट पक्राउ परेकी छन् ।

याइ होङलाई महानगरीय प्रहरी बिमानस्थल सुरक्षा कार्यालय गौचरमा खटिएका प्रहरीले बिदेशी मद्रासहित पक्राउ गरेको हो । उनको साथबाट अमेरिकी डलर ९८ हजार ५ सय, चाईनिज युयान २० हजार ५ सय २० र नेपाली १३ हजार १ सय १५ रुपैयाँ बरामद भएको छ ।

उनी सिचुवान एयरबाट चेङदु जान लागेकी थिइन् । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको डिपार्चर हेण्ड व्यागेज चेकिङ एरियाको २ नम्वर एक्सरे मेसिनमा चेकजाँच गर्ने क्रममा लुकाएर बोकेको विदेशी मुद्रा भेछिटएको थियो ।

प्रहरकिा अनुसार उनले खैरो रंगको सुटकेशभित्र रहेको कालो व्याग र अर्को खरानी रङको हाते व्यागको दुवैतिरकोे डण्डीमा सेतो टल्कने कागजले बेरेर व्याट्रीको आकारमा २२ वटा रोल बनाई विदेशी मुद्रा लुकाई छिपाई लैजान खोजेकी थिइन् ।

१४ अप्रिल २०१५ मा नेपाल आई सोही दिन फर्किएकी उनी २२ मे २०१५ दोस्रो पटक काठमाडौं आएकी थिइन् । उनलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान बिभाग हरिहरभवन ललितपुरमा पठाउने प्रहरीले जनाएको छ ।