म्यागी र मायोज ब्राण्डका चाउचाउलाई कारबाही

0 7

३२ जेठ, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतबाट आयातित म्यागीसँगै नेपालको मायोज ब्राण्डका चाउचाउलाई कारबाही गर्ने भएको छ

दुबै ब्राण्डका चाउचाउको लेभलमा ‘नो एडेड एमएसजी’ अर्थात ‘मोनोसोडियम ग्लुटामेटा नभएको’ भनिएको छ ।

तर, नमुना परिक्षणमा मोनोसोडियम ग्लुटामेटा पाइएकाले कारवाही गर्ने विभागले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । विभागले दुबै ब्राण्डका चाउचाउलाई खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ अनुसार कारबाही गर्ने बताएको छ ।

म्यागी र एमएम चाउचाउका सबै उत्पादनहरु बजारमा हाललाई विक्री वितरण नगर्न तथा बजारबाट २ महिना भित्र त्यस्ता उत्पादन हटाउन उत्पादक तथा आयातकर्तालाई निर्देशन दिइएको छ ।

विभागका अनुसार म्यागीसहित नेपालमा उत्पादित विभिन्न ब्राण्डका चाउचाउका १३ नमुना संकलन गरेर परीक्षण गर्दा मोनोसोडियम ग्लुटामेटा पाइएको छ ।

तर, यसको मात्रा सरकारले चाउचाउका लागि तोकेको अनिवार्य गुणस्तर अनुसार अधिकतम १ प्रतिशतको परिधिभित्र पाइएको छ ।

यस्तै म्यागीका ५, वाइवाइका ३ र यमयमको एक नमूनामा लीडको मात्रा सरकारले तोकेको अधिकतम २.५ पीपीएमकै परिधिभित्र पाइएको छ । अनलाइन खबरबाट