लिपुलेकमा प्रहरी परिचालन गर्न मिल्दैन : गृहमन्त्री लिपु लेकमा प्रहरी परिचालन गर्न ग्रेटर नेपालको आग्रह

0 6

जेठ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले लिपुलेकमा प्रहरी परिचालन गर्दा भारतसँग मुठभेड हुन सक्ने बताएका छन् ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले लिपु लेकमा प्रहरी परिचालन गर्न आग्रह गरेपछि गृहमन्त्री गौतमले त्यसो गर्न नमिल्ने बताएका हुन् ।

सोमबार ग्रेटर नेपालको ३ बुँदे ज्ञापनपत्र बुझ्दै मन्त्री गौतमले कूटनीतिक हिसाबबाटै यो समस्या समाधान गरिने बताए ।

ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपालले लिम्पियाधुरादेखि लिपुलेकसम्मको हाल भारतको कब्जामा रहेको नेपाली भु-भागमा प्रशासन चलाउने दायित्व गृहमन्त्रालयको रहेको गृहमन्त्रीलाई बताएका थिए ।

विवाद समाधान लागि लिपुलेकका विषयमा विज्ञहरुसँग छलफल गरेर सरकारले अध्ययन गर्ने गौतमले बताएका थिए ।