फेरी आयो ४.१ रेक्टर स्केलको भूकम्पको धक्का

0 3

सोमबार दिउँसो ३ बजेर ५२ मिनेट जाँदा सिन्धुपाल्चोकको भोटेनाम्लाङ नजिक केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसै गरी आईतबार नुवाकोट र दोलखा केन्दविन्दु भएको २ वटा पराकम्पन गएका थिए । आईतबार बिहान ५ बजेर ५९ मिनेट जाँदा नुवाकोट केन्द्र बनाएर ४.२ रेक्टर स्केलको पराकम्पन गएको थियो भने दिउँसो ३ बजेर १ मिनेट जाँदा दोलखा केन्द्र भएर ४.१ रेक्टर स्केलको पराकम्पन गएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार अहिलेसम्म ४ रेक्टर स्केल भन्दा माथिको ३१६ वटा भूकम्पको धक्का महशुस गरिएको छ ।