मकवानपुरमा सेनाका जवानले आफ्नो निधारमा आफैँले गोली ठोके

0 17

मकवानपुरको चनमन ब्यारेकमा कार्यरत ३४ वर्षीय शिवराम केसीले आफूले बोकेको बन्दुकले आफ्नै निधारमा गोली प्रहार गरेका छन् ।

सेतोपाटि डटकमले लेखे अनुसार ओखलढुंगा अधेरी नारायण–६ घर भइ उनी थाहा नगरपालिका–१४ स्थित ७ नम्वर बाहिनी अड्डा चनमन व्यारेकमा कार्यरत थिए ।

डिउटीमा रहेका उनले आइतबार साँझ एसएमजीबाट निधारमा गोली फायर गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले लास जाँच मुचुल्का कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाउनुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।