सीके राउत इटहरीबाट पक्राउ

0 18

मधेसलाई छुट्टै राज्य बनाउनुपर्छ भन्दै हिँड्ने सिके राउतलाई सुनसरीको इटहरीबाट प्रहरीले पक्राउ गरेको छ ।
इटहरीस्थित ‘एरिना’ टेलिभिजनमा अन्तर्वार्ता दिन जानेक्रममा मंगलबार ईलाका प्रहरी कार्यालय इटहरीको टोलीले टेलिभिजन हाताभित्रैबाट राउतलाई नियन्त्रणमा लिएको हो ।
नेपालको अखन्डताविरुद्ध सार्वजनिक अभिव्यक्ति दिँदै हिँडेको अभियोगमा उनलाई पक्राउ गरिएको डीएसपी विनोद शर्माले जानकारी दिए ।
राउतविरुद्ध विभिन्न समयमा नेपालको सार्वभौमसत्ता र अखन्डताविरुद्ध अभिव्यक्ति दिँदै आएको आरोप छ ।उनी यसअघि पनि पक्राउ पर्दै छुट्दै आएका छन् ।