उमेरले डाँडामाथिका घामजुन भइसकेका एक जोडीले बेलायतमा बिहे गरेका

0 5

एजेन्सी, उमेरले डाँडामाथिका घामजुन भइसकेका एक जोडीले बेलायतमा बिहे गरेका छन् ।
बेलायतमा १०३ वर्षीय बेहुला र ९१ वर्षीया बेहुली दाम्पत्य जीवनमा बाँधिएका हुन् । यो बिहेसँगै उनीहरु संसारकै सबैभन्दा जेष्ठ नवविवाहित दम्पत्ति भएका छन् ।
१०३ वर्षीय जर्ज किर्बी र डोरिन लुकी विशेष कार्यक्रम गरेरै विवाह बन्धनमा बाँधिएका हुन् ।
९१ वर्षीया बेहुली डोरिनले बिहेपछि ह्वीच चियरमा डोर्याउँदै घर लिएर गएकी थिइन् । यी दुलाहा दुलही दुबैको उमेर जोड्ने हो भने १९४ साल हुन्छ ।
यो बिहे शनिबार दुलाहा किर्बीको १०३ औं जन्मदिनका अवसरमा इस्ट ससेक्सको इस्टबर्नस्थित एक होटलमा भएको हो । यस अवसरमा दुबै परिवारका करिब ५० जना सदस्य र साथीहरु उपस्थित थिए ।
यी जोडीको बिहेमा गिनिज बुक अफ वर्ल्ड रेकर्डकाका एक प्रतिनिधि पनि उपस्थित भएका थिए ।
विवाहस्थलमा किर्बीले यो बिहेलार्इ समयको एउटा संयोग भएको प्रतिक्रिया दिए । ‘डोरिनले मलार्इ नौजवान बनाइराखेकी छन्’, उनले भने,’म यति भन्न सक्छु, हामी जीवनको अन्तिम समय एकसाथ बिताउन सकौं ।’
भर्खरै बैबाहिक बन्धनमा बाँधिएका यी यी दम्पति २७ वर्षदेखि सँगै बस्दै आएका थिए