जस्तापातामा कालोबजारी बढ्यो

0 13

काठमाडौ ३२ जेठ – विपतको बेला ब्यापारीले जस्तापाताको आफूखुशी मूल्य तोकेर उपभोक्तालाई ठग्न थालेका छन् । बढी मूल्यमात्र होइन, कम मोटाइ र कम गुणस्तरको जस्तापातालाई ‘उच्च गुणस्तर’को भन्दै सोहीअनुसारको मूल्यसमेत असुल गरेर दोहोरोरुपमा ठगेको पाइएको हो ।
jastapata
ब्यापारीले जस्ता पातामा प्रतिकिलो सय रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म बढी असुलेर उपभोक्ता ठगेको सरकारी अनुगमनले पुष्टी गरेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले पछिल्लो समय केही जिल्लामा गरेको अनुगमनका क्रममा यस्तो ठगी भइरहेको फेला परेको अन्नपूर्ण पोष्टमा खबर छ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले पछिल्लो समय केही जिल्लामा गरेको अनुगमनका क्रममा यस्तो ठगी भइरहेको फेला पारेको हो । विभागले यसैसाता राजधानीसहित धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा अनुगमन गरेको थियो।

विभागका निर्देशक पुरूषोत्तम सुवेदीकाअनुसार अनुगमनका क्रममा अधिकांश खुद्रा व्यापारीले उपभोक्ताबाट बढी मूल्य असुल गरेको भेटिएको छ । केही स्थानमा थोक बिक्रेताले निर्धारित मूल्यभन्दा बढी लिएर खुद्रा व्यापारीलाई पनि ठगेका छन्।

राजधानीको चुच्चेपाटीस्थित खानीखोला इन्टरप्राइजेजले शून्य दशमलव ३५ मिलिमिटर मोर्टा, आठ फुट र ५५ किलो तौल भएको हुलास कम्पनीको प्रति बन्डललाई उपभोक्ताबाट सात हजार चार सय रुपैयाँमा बिक्री गरेको सुवेदीले बताए । हुलासले काठमाडौंको हकमा भने खुद्रा  मूल्य ६ हजार सात सय रुपैयाँ तोकेको छ ।