आईएमईले १५औं वाषिर्कोत्सव मनायो

0 4

३१ जेठ, काठमाडौं । १५ औं वाषिर्कोत्सव जिम्मेवारीको भन्ने नाराका साथ नेपालको नम्बर १ रेमिटान्स कम्पनी आईएमईले आˆनो स्थापनाको १५औं वाषिर्कोत्सव विभिन्न सामाजिक कार्य गरेर मनाएको छ ।

भुकम्प र त्यसपछिका पराकम्पनले सिर्जित बिनासले राष्ट्र नै पुनर्निर्माण लागेका बेला एउटा व्यवसायिक संस्थाको जिम्मेवारीमा रही सामाजिक कार्य गरिएको आइएमइले जनाएको छ ।

कम्पनीले भूकम्पले क्षतिग्रस्त किर्तिपुर १५ स्थित लंगोल गाउँका १५ घरमा सरसफाई तथा भग्नावशेष हटाउएको छ । आईएमई समुहका अध्यक्ष चन्ऽ प्रसाद ढकालको नेतृत्वमा गएको उक्त समुहमा आईएमई समुहका ७५ कर्मचारीहरुको सहभागि थिए ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइएमइ समुहले यसअघि नै २ करोड रुपैयाँ आर्र्थि सहायता गरेको थियो ।