लण्डनमा गोर्खा स्मारक पदक बिक्रीमा

0 2

लण्डन । गोर्खा इतिहासको दुई सय बर्ष मनाउने क्रममा दि ब्रिगेड अफ गुर्खाजले स्मारक पदक बनाएको छ । स्मारक पदकको आजैबाट बिक्री शुरु गरिएको छ ।

यो पदकको सिर्जना पूर्व बेलायती गोर्खा अधिकृत अलफ्रेड पेनले गरेका हुन् । पदकको एकातर्फ नेपाली शब्दमा ‘गुण खुन र नुन’ शव्द लेखिएको छ भने अर्को तर्फ सबभन्दा माथि खुकुरी क्रस सहित गोर्खा सैन्य सेवाको दुई सय बर्ष मिति (सन् १८१५ देखि २०१५) उल्लेख छ ।

पदकको बिक्री भने बेलायतको वीनचेष्टरमा रहेको गोर्खा म्यूजियमले गरेको छ । ३५ पाउण्ड पर्ने यो पदकलाई नेपालमै बसोवास गरिरहेका बेलायती सेनाका बरिष्ठ पूर्व अधिकृत जोन क्रसले छानेका थिए ।

यस बर्ष नेपाली गोर्खा सैन्य सेवाको दुई सय बर्ष पुगेको अवसरमा बेलायत र नेपालमा विविध कार्यक्रमहरु आयोजना गरिदै आएको छ ।