प्लेजुङ पहिरोमा ३८ को मृत्यु, २३ वेपत्ता

0 4

३१ जेठ, फुङलिङ । ताप्लेजुङ पहिरोमा मृत्यु हुनेको संख्या ३८ पुगेको छ । १८ जना घाइते भएका छन् भने २३ जना बेपत्ता भएका छन् ।

 

यही जेठ २९ गतेदेखि परेको अविरल बर्षासँगै ताप्लेजुङका ६ गाविसमा बाढी पहिरो गएको थियो ।

पहिरोमा परि १३ महिला, १० पुरुष, ९ बालिका र ६ बालकको शव भेटिएको प्रहरीले जनाएको छ । पहिरोमा परी ८ पुरुष, ८ महिला, २ बालक गरी १८ जना घाइते भएका र ८ पुरुष, ७ महिला, २ बालक र ६ बालिका गरी २३ जना बेपत्ता भएका छन् ।

साथै अविरल बर्षाको कारण ताप्लेजुङ पेदाङ-२ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको ढुंगा माटोले बनेको टिनको छाना भएको एकतले भवनको गारो भत्किँदा अन्दाजी ९ लाख रुपैयाँ वरावरको क्षती भएको छ । प्रभावित क्षेत्रमा प्रहरी टोलीले उद्धार कार्य जारी राखेको छ ।

यसैगरी ताप्लेजुङ ओलाङचुङगोला-३ सुकेपानीस्थित ओलाङ्चुगोलाबाट सदरमुकाम ताप्लेजुङतर्फ आवतजावत हुने तमोर नदी तर्ने अस्थायी काठेपुल बगाउँदा आवतजावत गर्न अबरोध भएको छ । सो स्थानबाट बैकल्पिक बाटोको लागि ईलाडाँडा भन्ने ठाउँमा निस्केर आवतजावत गर्न सकिन्छ । तर सो बाटो भएर हिँड्न पूरा १ दिन लाग्छ ।

– Source:Onlinekhabar