काठमाडौं उपत्यका एक बर्षका लागि संकटग्रस्त क्षेत्र

0 14

३१ जेठ, काठमाडौं । सरकारले भूकम्पबाट प्रभावित काठमाडौं उपत्यकालाई एक बर्षका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पले क्षति पुर्‍याएको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।