ताप्लेजुङमा दर्जनौ गाँउमा फेरि पहिरो

0 5
ताप्लेजुङ : ताप्लेजुङको पश्चिमी क्षेत्रमा गएको पहिरोमा पुरिएकाहरुको खोजी तथा उद्धार कार्य नसकिँदै जिल्लाको पूर्वी क्षेत्रमा शुक्रवार राति पुन पहिरो गएको छ। वर्षातसँगै आएको पहिरोले सबैभन्दा वढी जिल्लाको सुरुम्खिम र खेवाङ, पेदाङ, याम्फुदिन लगायतका गाविसमा क्षति पुर्याएको छ।
पहिरोका कारण शुक्रवार दिनभर अवरुद्ध भएको मेची राजमार्गमा शनिवार पनि खुल्न सकेको छैन। ताप्लेजुङको खोक्सेखोला र कावेलीमा पहिरो खसेर वाटो अवरुद्ध भएको हो। झापाको विर्तामोड इलाम पाँचथर लगायतवाट ताप्लेजुङतर्फ आउने गाडी र ताप्लेजुङवाट झापा तर्फ जाने गाडीहरु बीच बाटोमै अलपत्र छन्।
सुरुम्खिम निवासी खड्ग तिवारीका अनुसार पहिरोले सो क्षेत्रको थुप्रै घर, अलैंचीबारी, पशुचौपाया र खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ। पहिरो पछि ठुलठुला छाँगाहरू खसिरहेका छन्। सुरुम्खिम माविकै छेउबाट पहिरो गएकोले सो विद्यालय पनि खतरामा परेको उनले जानकारी दिए।
पहिरोले सो क्षेत्रमा ठूलो क्षति पुर्याएको भन्ने जानकारी पाउनासाथ सो क्षेत्रमा तेल्लोकवाट प्रहरी पठाइएको ताप्लेजुङका प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाले वताए। दुर्गम र भौगोलिक रुपले विकट उक्त क्षेत्र सम्म प्रहरीलाई समय लाग्ने भएकोले क्षती विवरण आइनसकेको उनको भनाइ।
जिल्लाको पश्चिमी भेगमा वुधवार राती गएको पहिरोमा पुरिएका मध्ये शुक्रवार साँझ सम्म ३५ जनाको शव फेला परेको र २७ जनाको शव परिवारलाइ पनि वुझाइसकिएको प्रहरीले जनाएको छ। पहिरोमा पुरिएका मध्ये जिल्लाको थिङलावु गाविसवाट मात्रै १७ जनाको शव निकालिएको छ। त्यस्तै लिवाङमा ९ लिङतेपमा ६ र खोक्लिङमा तीन जनाको शव भेटिएको भेटिएको हो। पहिरोमा अझै २६ जना वेपत्ता छन्।
वेपत्ताको खोजी तथा उद्धार तथा राहतका लागि शुक्रवार स्थानिय र स्थलगत रुपमा गएका प्रहरीवाट खोज तथा उद्धार कार्य अघि वढाइयो। हेलिकोप्टर प्रतिकुल मौसमका कारण पहिरो प्रभावित क्षेत्र तर्फ जान नसकेका कारण शुक्रवार पहिरो पिडित क्षेत्रका वासिन्दाले राहत पाउन सकेनन्। पहिरो प्रभावित क्षेत्रवाट सुरक्षित ठाउमा सारिदिन माग गरिरहेका स्थानिय अझै पनि पहिरो प्रभावित क्षेत्रमै त्रासमै वाँचिरहेका छन्।
रातभरी डाँडा पाखा र विद्यालयमा आश्रय लिएर पहिरो प्रभावित क्षेत्रका वासिन्दाहरु वसिरहेको लिङतेप स्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजकुमार दासले वताए।
उनका अनुसार पहिरोले रामदुवाली लगायतका गाँउका वजारहरु सवै खोलामा परिणत गरिदिएका करण र ठाउ ठाउमै वाटो र पुलहरु भत्काएका कारण स्थानियवासी वल्लो गाउ वाट पल्लो गाँउ सम्म पुग्न सकेका छैनन्। छिमेकी लिवाङ गाविसमा थुप्रै मानिसहरु पहिरोमा फसिरहेपनि उद्धारमा आफुहरु जान नसकेको र सो क्षेत्रमा केहीले हात हल्लाएको सम्म देखिएको उनले जानकारी दिए।
        थिङलावुका नरेन ओख्रावुका अनुसार अहिले पनि उक्त क्षेत्रमा पहिरोवाट ढुङगाहरु लडिरहेका छन्। वर्षा सुरु हुना साथ थप पहिरो जाने चिन्ताले स्थानिय वासीन्दाहरु त्रासमा छन्। गाँउमा जताततै सयौं पहिरोहरु गएकोले र जमिनको अवस्था अत्यन्तै नाजुक भएकोले पनि अलिकती ठुलो मात्र पानी पर्यो भने पनि थप पहिरो आउने सम्भावना वढी छ।
जसकारण भगवान पुकार्दै स्थानिय वासीन्दाहरु अहिले आ आफ्नो ढंगले सुरक्षित हुने प्रयासमा रहेको उनी वताउछन्।
प्रतिकुल मौसमका कारण हिजो पहिरो प्रभावित क्षेत्र तर्फ जान नसकेको हेलिकोप्टर शनिवार विहानैवाट खोज उद्धार तथा राहतका लागि परिचालन गरिएको छ।
राहत सहित पुगेको हेलिकोप्टरले खोक्लिङ, थिङलावु लगायतका ठाउमा राहत पुर्याएको प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले जानकारी दिए। आज मौसममा केही सुधार आएकोले राहत उद्धार तथा वेपœााको खोजी कार्यलाई प्रभावकारी रुपले अघि वढाउने प्रजिअ निरौलाको भनाइ छ ।

-Source:annapurnapost