प्राइम बैंकले बाँड्यो १ सय ४१ घरलाई जस्तापाता

0 4

३१ जेठ, काठमाडौं । प्राइम बैकले गोरखा भुकम्प पीडित नगरपालिकाका कुमाल गाउँका विपन्न ८९ घर धुरीलाई जस्तापाता वितरण गरेको छ । बैकले प्रतिघर धुरी एक बन्डलका दरले जस्ता दिएको हो ।

बैंकले मनकामना नमुना गाँउका अति गरीब र विपन्न दलित भएको ५२ घरलाई पनि जस्ता वितरण गरेको छ ।

बैकले यसअघि गोरखाको आरखेत र धादिङको सल्यानटारमा विपी प्रतिष्ठान र नेपाल मेडिकल एशोसिएसनको संयुक्त प्रयासमा भुकम्प पिडितको लागि  निशुल्क स्वास्थ्य  परीक्षण तथा औषधी वितरण गरेको थियो ।