चट्याङ लागेर घाइते भएकी गोलेको उपचार हुन सकेन्

0 7

३१ जेठ, काभ्रे । काभ्रेपलाञ्चोकको अति विकट डाँडापारी क्षेत्रमा पर्ने गोकुले गाविसमा उपचार हुन नसक्दा चट्याङ लागेर घाइते एक महिलाको अवस्था नाजुक बनेको छ ।

शुक्रबार राति १ बजे परेको चट्याङले गाविसको वडा नम्बर ४ चिसापानीकी ३५ वर्षकी छलिमाया गोले गम्भीर घाइते भएको स्थानीय राजेन्द्र घलानले जानकारी दिए ।

भूकम्पले घर भत्काएपछि त्रिपालमा सुतिरहेका बेला परेको चट्याङ लागेर बेहोस भएकी गोलेको अझै होस आएको छैन् । स्वास्थ्य चौकी टाढा रहेको, जटिल विरामीको उपचार नहुने र थप उपचारका लागि सदरमुकाम ल्याउन यातायातको असुविधा भएकाले उपचारमा समस्या भएको स्थानीय घलानले बताए ।

बाबुआमाको यसअघि नै मृत्यु भएकाले घाइते गोले काकी आमासँगै बस्दै आएकी छन् । घटनाबारे प्रहरीलाई जानकारी गराएपनि यातायातको असुविधाका कारण प्रहरीको टोली घटनास्थल पुग्न सकेको छैन् ।
प्रकाश सुन्दासबाट