अमेरिकामा साइबर हमलाः ह्याकरले चोरे अमेरिकी सेना र खुफिया संस्थाको गोप्य दस्तावेज

0 5

न्युयोर्क, जेठ ३० – अमेरिकी इतिहासमा नै सबैभन्दा ठूलो साइबर हमलाको संज्ञा दिइएको गत हप्ताको ह्याकिङ प्रकरणमा अमेरिकी सेना र खुफिया संस्थाका कर्मचारीहरु बारे गोप्य र संवदेनशील डाटा चोरी गरेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । अमेरिकी अधिकारीहरुले यस घटनापछि अमेरिकी सुरक्षाकर्मीहरु ब्ल्याकमेलिङको खतरामा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
साइबर हमलामा चीनको संलग्नता रहेको आशंका गरिएको छ । तर, चीनले भने यसको खण्डन गरिसकेको छ । उता, यसमा संलग्न रहेको एजेन्सी अफिस अफ पर्सनल म्यानेज्मेन्ट (ओपिएम) ले रिपोर्टबारे केही प्रतिक्रिया दिएको छैन ।

आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एसोसिएटेड प्रेससँग कुरा गर्दै एक अमेरिकी अधिकारीले दिएको जानकारी अनुसार ह्याकरहरुले खुफिया र सैनिक अधिकारीहरुले सेक्युरिटी क्लीयरेन्सका लागि भरेको फर्मलाई लक्षित गरेका छन् । उक्त दस्तावेजमा ती अधिकारीहरुका बारेमा सबै व्यक्तिगत विवरण (आँखाको रंगदेखि आर्थिक इतिहास, परिवारका सदस्यहरुको सम्पर्क) रहेको बताइएको छ । १ सय २७ पेज लामो भेटिङदस्तावेज भनिने स्टान्र्ड फर्म ८६ लाई ह्याक्रहरुले चोरेको आशंका गरिएको छ ।

_83606835_83606834

अमेरिकाका पूर्व काउन्टर इन्टिलिजेन्स अधिकारी जोएल ब्रेनरका अनुसार ह्याक्रहरुले पाएको दस्तावेजलाई ‘सुन खानी’ को संज्ञा दिएका छन् । गत ह्प्ता अमेरिकी सरकारी अधिकारीहरुको व्यक्तिगत विवरण ह्याक गरिएको भनिएकोमा उक्त प्रकरण सोँचेभन्दा धेरै ठूलो रहेको अनुमान गरिएको छ ।

ओबामा प्रशासनले साइबर सुरक्षालाई अझ मजबुत बनाइने घोषणा शुक्रबार गरिसकेको छ ।

यसअघि सन् २०१४ को नोभेम्बरमा पनि अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका २५ हजार कर्मचारीको विवरण चोरिएको थियो ।