एन्फाका कार्यबहाक अध्यक्ष श्रेष्ठको निधन

0 4
काठमाडौं: अखिल नेपाल फुटबल संघ एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको शुक्रबार राति करेन्ट लागेर निधन भएको छ।ललितपुर भैँसेपाटीस्थित नयाँ घरमा बसाई सरेपछि विजुलीको तार मिलाउने क्रममा करेन्ट लागेपछि उनी घाइते भएका थिए। घाइते श्रेष्ठलाई अस्पताल लैजाँदा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।
नेपाली चर्चित क्लब थ्रीस्टारका अध्‍यक्ष समेत रहेका श्रेष्ठले ललितपुरमा ‘ए डिभिजनको तीन क्लबमध्‍ये थ्री स्टारलाई कुशल व्‍यवस्थापकीय जिम्‍मेवारी बहन गर्दै  सबैमाझ चम्‍काएका थिए। श्रेष्ठको श्रीमति निलु श्रेष्ठ, एक  छोरी र छोरा छन्।