बौद्धमा दीप प्रज्वलन(फोटो फिचर) महाभूकम्पको ४९ औं दिन

0 4

काठमाडौ, जेष्ठ २९ – बैशाख-१२ र त्यसपछिको भूकम्पमा ज्यान गुमाएकाहरुका आत्माको चीर शान्तिको कामना गर्दै काठमाडौंको बौद्धमा शुक्रबार दीप प्रज्वलन गरिएको छ । सयौंको संख्यामा सहभागी बौद्ध भिक्षु, आनी र सर्वसाधारणले हातमा दीप लिएर मृत आत्माको शान्तिको कामना गरे । बौद्ध गुरुहरुले मन्त्र वाचन गरेका थिए ।

करमपा सर्भिस सोसाईटी नेपालले महाभूकम्प गएको ४९ औं दिन पारेर दीप प्रज्वलनको आयोजना गरेको थियो । हेर्नुस तस्विरहरु :

source:ekantipur

 

You might also like More from author