भूकम्पपछिको पुनर्निर्माणका लागि ६ खर्ब ६६ अर्ब लाग्ने आवास तथा पुनःस्थापनाका लागि ३ खर्ब २७ अर्ब बढी आवश्यक

0 7

२९ जेठ, काठमाडौं । विनाशकारी भूकम्पबाट विस्थापित भएकाहरुको पुनःस्थापना तथा पुनर्निर्माणका ६ खर्ब ६६ अर्ब लाग्ने प्रारम्भिक अनुमान सरकारले शुक्रबार सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षमा बसेको राष्ट्रिय योजना आयोगको बैठकले पोष्ट डिजास्टर निड एसेस्मेण्टको प्रारम्भिक विवरणलाई अन्तिम रुप दिएको छ । यस आधारमा सरकारले असार १० गते हुने दाताहरुको सम्मेलनमा सहयोगको अपील गर्नेछ ।

जस अनुसार वैशाख १२ र २९ को भूकम्पले ७ अर्बभन्दा बढीको क्षति भएको छ । र, पुनर्निर्माणका लागि ६ खर्ब ६६ अर्ब ३० करोड ६४ लाख रुपैयाँ आवश्यकता पर्ने भएको छ ।