पहिरोको शोकमा ताप्लेजुङ (फोटो फिचर)

0 4
ताप्लेजुङ : ताप्लेजुङ भयानक पहिरोको शोकमा छ। अहिलेसम्म ३५ जनाको शव भेटिएको छ भने ३१ जना अझै बेपत्ता छन्।प्रहरीका अनुसार पहिरोबाट करिब २ सय जना विस्थापित भएका छन् भने ४४ घर बगाएको छ । विस्थापितलाई नजिकैको सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।  ८ जना घाइते भएका छन्।
अबिरल वर्षासँगै बुधबार रातिदेखि गएको पहिरोबाट ठूलो संख्यामा स्थानीय प्रभावित भएका छन् ।  बेपत्ता ३१ जना भनिए पनि स्थानीयले अरु मानिस हराएको आशंका गरिरहेका छन्। विस्थापितलाई सुरक्षित स्थानमा सार्ने काम नहुँदा उनीहरूको विचल्ली भएको छ। रातभर उनीहरु जागै बसेका थिए।
नजिकका खोला खोल्साहरुमा बाढी आएपछि स्थानीय घर छोडेर भागेका छन्। पहाडवाट ठूलो आवाजमा ढुङगाहरु समेत खसिरहेकोले बताउँदै स्थानीय सुरक्षित स्थानतिर भागिरहेको प्रभावित क्षेत्र खोक्लिङका सन्तोस थापाले बताए।  दोभान बजारका करिब ७० घर–परिवार जोखिममा परेपछि अधिकांशलाई हाल ताप्लेजुङ नगरपालिका वडा नम्बर–१ मा सारिएको छ।
पहिरोले मेवा खोला थुनिएर आएको बाढीले रामदुवारी बजारका ९ वटा घरहरु बगाएको छ। उनीहरुका अनुसार खाम्लुङ–६ स्थित बारदुम्बा स्कुलमाथिबाट पहिरो झरेकाले बस्ती जोखिममा छ ।पहिरोले ढुंगेसाँघु–७ र थिङलाबु–८ जोड्ने झोलुङे पुल र फाकुम्बा १ र ढुंगोसाँघु–७ जोड्ने झोलुंगे पुल पनि बगाएको स्थानीयले बताएका छन् ।थुकिमाको लंवा खोला लघु जलविद्युत् आयोजनाको पावर हाउस भत्किएकाले एक हजार परिवार बिजुली विहीन भएका छन्।

स्थानीयका अनुसार अहिलेसम्म सबैभन्दा बढी मानवीय क्षति लिबाङ गाविसमा भएको छ। स्थानीय शिक्षक मातृका शेर्पाका अनुसार लिबाङको १, २ र ३ वडा मा पहिरोले २४ जनाको मृत्यु भएको छ। उनीहरु सबैको शव निकालिएको शेर्पाले जानकारी दिए।

– Source:annapurnapost