फिना विश्व पौडीमा गौरिकाले पनि भाग लिने

0 4

२९ जेठ, काठमाडौं । १६ औं फिना विश्व पौडी च्याम्पियनसिपमा नेपाल गौरिका सिंह पनि छनोट भएकी छिन् ।

रियो ओलम्पिक-२०१६ को छनोटका रुपमा समेत रहेको उक्त च्याम्पियनसिपमा २-२ पुरुष र महिला गरी ४ नेपाली खेलाडीको नाम नेपाल पौडी संघले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

जुलाई २८ देखि अगष्ट ८ तारिखसम्म रुसको कजानमा हुने फिना विश्व पौडीमा पुरुषतर्फ शिरीष गुरुङ र किरण कार्की तथा महिलामा सोफिया शाह र गौरिका सिंहले नेपाल प्रतिनिधित्व गर्नेछन् ।

पौडी संघले जनाए अनुसार शिरीषले ५० र १ सय मिटर फ्रिस्टायल तथा किरणले सोही दुई दूरीको बेस्टस्ट्रोकमा भाग लिने छन् । त्यस्तै सोफियाले ५० र २ सय मिटर फ्रिस्टायल तथा गौरिकाले १ सय मिटर फ्रिस्टायल र ब्याकस्ट्रोकमा सहभागिता जनाउने छन् ।

गौरिकाले हालै काठमाडौंमा भएको पौडीले छ कीर्तिमान बनाएकी थिइन् ।

शिरिष र सोफिया विशेष छात्रवृत्तिअन्तर्गत हाल वैदेशिक प्रशिक्षणका लागि थाइल्यान्डको बैंककमा छन् भने लन्डन बस्ने गौरिकाले त्यही प्रशिक्षण गर्ने पौडी संघले जनाएको छ ।

किरणले स्वदेशमै प्रशिक्षण लिने छन् ।