श्रीमानसँग सम्बन्ध विच्छेद गरेर ससुरासँग विहे !

0 3

काठमाडौं । अहिलेको कलियुगमा मानव समाजले नसाचेका घटनाहरु बाहिर आउन थालेका छन् । हाम्रो समाज परम्परा, नैतिकता र धार्मिक विश्वासमा चलेको छ । त्यही अनुसार मानव जीवनको चक्र पनि चलेको छ ।तर यहाँ मानव जीवनको अनौठो सम्बन्ध बाहिर आएको छ । व्रिटेनमा एक युवतीले श्रीमानसँग सम्बन्ध विच्छेद गरेर ससुरासँग विवाह गर्न लागेको घटना सार्वजनिक भएको छ ।समाचार एजेन्सीका अुनसार एक ३६ वर्षीय बुहारीले आफ्ना ३५ वर्षका पतिसँग सम्बन्ध विच्छेद गरेर ससुरासँग विवाह गर्ने फैसला गरेकी छिन् । महिलाको यो फैसलाबाट सबै अचम्मा परेका छन् । यो घटना ब्रिटेनको ग्रिम्सबाई शहरको हो ।लीजा गोड्डार्ड नामकी ३६ वर्षीय महिलाले ३५ वर्षीय जैसन हारवूडसँग एक युवा क्लबमा चिनजान भएपछि मन पराएर २०१३ मा विहे गरेकी थिईन् । तर उनीहरुको वैवाहिक जीवनमा एक वर्षपछि खटपट सुरु भयो । र दुबैले एक अर्काबाट अलग रहने निर्णय गरे ।सम्बन्ध विच्छेदपछि जैसनले लीजालाई अफ्नो बुबा अर्थात लीजाका ससुराका घरमा बस्न सल्लाह दिए । ताकि दुबै जनाको पैसा बचत होस् । त्यसैअनुसार लीजा आफ्ना ससुरासँग बस्न थालिन ।तर, ससुरसँग बसेको केही दिनमै घटनाले अर्कै मोड लियो । सँगै बस्दा ससुरासँग लीजाको माया प्रेम बस्यो । उनीहरुबीच शारीरिक सम्पर्क पनि भयो ।

त्यो बेला उनीहरु यती नजिक भएकी उनीहरुले जैसनलाई छाडेर आफ्नो नयाँ जिन्दगीको सुरुवात गर्ने निर्णयमा पुगे जैसनकी श्रीमती लीजाले अब उससँग पूर्णरुपमा सम्बन्ध विच्छेद गरेर उनका बुबासँग विवाह गर्ने फैसला गरिसकेकी छिन् । लीजा र जैसनका बुबाको विवाह समेत तय भइसकेको छ ।अचम्मको कुरा त के छ भने उनी जुन ससुरासँग विहे गर्दैछिन् उनी ७४ वर्षका बुढा हुन् । अर्थात लीजाको उमेर भन्दा ४० साल जेठा छन् । डेली मेलका अनुसार, आफ्नी पत्नीको यस्तो निर्णयप्रति प्रतिक्रिया दिँदै जैसनेले भनेका छन्-‘म अब लीजाको पूर्व पति हु र बुबासँग विवाह गरेर लीजा मेरी सौतेली आमा बन्दैछिन ।’जैसनका पिता जोनले अफ्नो फेसबुकमा लीजासँग आफ्नो मग्नी भइसकेको कुरा लेखेका छन् । तर यो विवाह तय हुनुभन्दा पहिले जब जैशन लीजासँगै बुबासँग बस्थे त्यो बेला उनलाई लीजा र अफ्ना बुबाबीच अवैध सम्बन्ध भएको शंका गरेका थिए ।तर उनले बुबालाई त्यो कदमको विरोध गर्नुको सट्टा बधाई दिने निर्णय लिएका छन् । अबको केही दिनभित्रै लीजाको विवाह ससुरासँग हुँदैछ एजेन्सी दैनिक नेपाल डटकम बाट साभार गरिएको