जनकपुरमा नियमित विद्युत आपूर्ति गर्न महासंघको माग

0 4

२९ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तालिका विपरित लामो समयसम्म विद्युत काट्नुका साथै ‘लो भोल्टेज’ विद्युत आपूर्ति गरेपछि जनकपुरका उद्योगी व्यवसायी आमरण अनसनमा बसेका छन् ।

नियमित विद्युत आपूर्तिको माग गर्दै जनकपुर उद्योग वाणिज्य संघले गरेको आमरण अनशनप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानआकषिर्त भएको बताएको छ  ।

यस किसिमको समस्याप्रति महासंघले धेरै पहिला देखि नै प्राधिकरणको ध्यानआकषिर्त गराउँदै आएपनि समस्या समाधान हुनुको साटो झनझन विकराल अवस्थामा पुग्न गएको महासंघले बताएको छ ।

‘यसरी लोडसेडिङ तालिका विपरित विद्युत आपूर्ति नहुँदा उद्योग व्यवसाय एवं सर्वसाधारणको जनजीवनमा समेत प्रतिकूल असर पर्नेछ’ महासंघद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

कुनै पनि समस्या आपसी छलफल एवं वार्ताद्वारा समाधान हुने आफ्नो मान्यता रहेको बताउँदै महासंघले तत्काल बार्तामा बसेर जनकपुरको समस्या समाधान गर्न सरकारलाई आग्रह गरेको छ ।