उपकरण नहुँदा जोखिमयुक्त घर भत्काउन ढिलाइ

0 6

२९ जेठ, काठमाडौं । सरकारले भवन भत्काउने आधुनिक उपकरण उपलब्ध गराउन नसक्दा उपत्यकाका जोखिमयुक्त घर भत्काउन अवरोध भएको छ ।

भूकम्पबाट क्षति पुगेका जोखिमयुक्त घर भत्काउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुई साताअघिबाट सुरु गरेको थियो । सेनाका अनुसार काठमाडौंमा एक हजार चार सय ५१, भक्तपुरमा एक हजार नौ सय ९८ र ललितपुरमा ६ सय पाँच जोखिमयुक्त घर भत्काउनुपर्ने नयाँ पत्रिकामा खबर छ ।

त्यसमध्ये काठमाडौंमा दुई सय १४, भक्तपुरमा चार सय सात र ललितपुरमा दुई सय ३७ घर भत्काइएको छ ।

एक हजार सात सय ५२ जोखिमयुक्त घर भने भत्काउन नसकिने भनी सेनाले हात झिकेको छ । भत्काउन नसकिएकामध्ये काठमाडौंमा आठ सय २२, भक्तपुरमा ६ सय ३० र ललितपुरमा तीन सय जोखिमयुक्त घर छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार तीन तलेभन्दा अग्ला घर भत्काउन समस्या भएको छ ।

– Source:onlinekhabar