हिटलर पीडित महिलाले १ सय २ वर्षमा पिएचडी गरिन्

0 14

मान्छेको शिक्षा दीक्षा तथा मनको इच्छालाई उमेरले रोक्न सक्दैन भन्ने कुरालाई यी १ सय २ वर्षीया वृद्धाले पुष्टि गरिदिएकी छिन् । कुरै लरतरो विषयमा होइन बालरोगका विषयमा १ सय २ वर्षको उमेरमा विद्यावारिधी गरेर उनले दुनियालाई अचम्मित बनाएकी छिन् ।

यहुदी भएकै कारण नाजी शासनमा विद्यावारिधीबाट बन्चित गराइएकी बाल रोग विशेषज्ञ इन्जिबोर्ग र्यापोपोर्टले अन्ततः त्यसको झण्डै ८ दशकपछि गएको मंगलबार पिएचडीको उपाधि हात पारेरै छाडिन् । यो सँगै उनी विद्यावारिधी गर्ने जर्मनीको सबैभन्दा पाकी मानिस बनेकी छिन् । उनले गएको महिला नै पिएचडीको अन्तरवार्ता सकाएकी थिइन् र त्यसक्रममा उनलाई बालबालिकामा लाग्ने भ्यागुते रोग सम्बन्धि प्रश्न सोधिएको थियो ।

जर्मनीको ह्याम्बर्ग विश्वविद्यालयबाट विद्यावारिधी उपाधि प्राप्त गरेपछि उनले आफ्नो सपना पूरा भएको भन्दै यद्यपि १ सय २ वर्षमा पिएचडी गरेर रेकर्ड कायम गर्ने चाहना आफ्नो नभएको तर आफुले नाजीले गरेको अपराधलाई दुनियासामु देखाउनका लागि यो उमेरमा आएर पिएचडी गरेको प्रष्ट पारेकी छिन् ।

phd

स्मरण रहोस् सन् १९३८ मा नै पिएचडीको शोध पूरा गरिसकेकी उनलाई यहुदी भएकै कारण तत्कालिन नाजी सरकारले आफ्नो पिएचडीको थेसिस डिफेन्ड गर्नबाट रोक लगाएको थियो र उनी विद्यावारिधीको उपाधिबाट बन्चित भएकी थिइन् ।

नाजी शासनकालमा आफु निकै अन्यायमा परेको र आफ्नो अनुसन्धान र विज्ञतालाई नाजीले धुलोमा मिलाइदिने धृष्टता गरेको भन्दै उनले ८० वर्षपछि आएर अहिले आफुले अलिकति भएपनि न्याय पाएको बताइन् ।