कसले ठोक्यो साँढेको नाकमा दुइवटा ताल्चा ?

0 6

क्रुरताको पनि हद हुन्छ । एउटा निर्दोष साँढेको मुखमा ढोकामा लगाउने ताल्चा, त्यो पनि दुइ-दुइवटा । कसले लगाइदिएको होला, साँढेको नाकमा दुइवटा ताल्चा ? यो रहस्यको विषय बन्दै गएको छ ।

भारतको हरियाणा यस्तो क्रुरताको सिकार बनेको एउटा साँढेको हालै उद्धार भएको छ । हरियाणाको बोहडकला गाउँमा त्यसरी सजाय भोगिरहेको उक्त साँढेलाई समाएर उसको नाकमा ठोकिएका दुइवटा ताल्चा काचिएको छ ।

उक्त साँढेको नाकमा कहिले र कसले ताल्चा लगायो भन्ने खुलेको छैन । तथापि गाउँलेको खेतिपाती खाइदिएर नोक्सान पूराइदिएपछि गाउँलेले नै मिलेर त्यसो गरेको हुनसक्ने अनुमान गरिएको छ । कतिपयले भने यो साँढेलाई कोही मानिसले बाहिर अन्य ठाउँबाट यस्तो अवस्थामा ल्याएर छाडेको समेत अनुमान गरेका छन् ।

गाउँलेहरुले यो साँढेको अवस्थाबारेमा स्थानीय गौसेवा समितिलाई फोनमार्फत जानकारी गराएपछि समितिका उद्धारकर्मीहरु आएर उक्त साँढेलाई एम्बुलेन्समा चढाएर लगे अनि नाकका ठोकिएका ताल्चा काटेर उसलाई मुक्त गराएका छन् ।