के छ एप्पलको नयाँ आईओएस ९ मा ?

0 11
एप्पलले आईओएस ९ को घोषणा गरेको छ। के छ त नयाँ आईओएस ९ मा?
१. एप्पलको प्रोयाक्टिव बढी प्राइवेसी केन्द्रित छ। डिभाइसमा स्टोर भएको लोकल डाटा चलाउँदा प्रोयाक्टिवले ट्राफिकको अवस्था हेरेर नियुक्तिका लागि निस्किने हो भन्छ र चलाएको खाकाअनुसार एप र कन्ट्याकहरू अटो सजेस्ट गर्छ।
२. एप्पलले आफ्नो म्यापमा नयाँ विशेषता थपेको छ। नयाँ म्यापमा ट्रान्जिट डाइरेक्सन नामक विशेषता राखेको छ।
गुगल र अन्य थर्ड पार्टी एपहरू प्रयोग गरिरहेकाले अब एप्पलको आफ्नै उत्पादनमा ट्रान्जिट डिरेक्सन एक्सेस गर्न पाउनेछन्।
 यसले स्टेप बाई स्टेप दिशा देखाउँछ। हिँड्दा लाग्ने समय पनि बताउँछ र एउटा स्टेसनमा सबै ट्रान्जिट विकल्प देखाउँछ।
३. एप्पलको वालेटले प्रयोगकर्ता स्टोरमा हुँदा तपाईंलाई चाहिने कार्ड आफैं प्रस्ताव गर्छ। वालग्रिन्स र डंकिन दुनाट्सले एप्पल पे प्लेटफर्ममा रिवार्ड कार्ड ल्याउँछ।
४. आईओएस ९ मा एप डेभलपरले उनीहरूको एपको कन्टेन्ट एप्पलको स्पोटलाइट सर्चमार्फत मोबाइल डिभाइसमा इन्डेस्क गर्न र सर्फेस गर्न सक्छ। आईओएस प्रयोगकर्ताले सर्चबाट उनीहरूको एप थाहा पाउन सक्छ।
५. एप्पलको नयाँ आईओएस ९ ले आइप्याडका लागि मल्टी टास्क फिचर ल्याएको छ। यो थपिएको विशेषतासँग आइप्याडको प्रतिस्पर्धी ट्याब्लेटजस्तै माइक्रोसफ्ट सर्फेस र साम्सुंग ग्यालेख्सी ट्याबको प्रतिस्पर्धा हुने देखिन्छ।
६. एप्पलले उसको न्युजस्ट्यान्ड एपलाई आईओएस ९ मा न्युजमात्र बनाएको छ र चर्चित सामाजिक न्युज एप फ्लिपबोर्डको नक्कल गरेको छ। नयाँ न्युज एपले थुप्रै सोर्सबाट कन्टेन्ट जोड्छ।
एप्पलको भनाइमा न्युज थुप्रै सोर्स एवं प्रकाशकबाट आउनसक्छ र न्युज एपबाट थर्ड पार्टीमा केही सेयर भने हुँदैन।
७. एप्पलले आफ्नो अपरेटिङ सिस्टम कारप्ले प्रयोगकर्ताको आइफोनमा वायरबिना नै कनेक्ट गर्नसक्ने बताएको छ। पहिला, प्रयोगकर्ताले कारको अरू सिस्टम एक्सेस गर्न र कन्ट्रोल गर्न कारप्ले बन्द गर्नुपर्थ्‍यो।
८. एप्पलले एप्पल म्युजिक भन्ने नयाँ स्ट्रिमिङ म्युजिक सेवाको घोषणा पनि गरेको छ। एप्पलले सोझै स्पोटिफाई र आर्डियोजस्तो सेवासँग प्रतिस्पर्धा गर्दैछ।
एप्पलको म्युजिक आईओएस म्युजिक एपसँग सीधै जोडिएको छ। एप्पलले म्युजिकसँग सामाजिक फिचर पनि ल्याउँदैछ।