फेसबुकमा फलोअरले नायिकाको स्तनबारे कमेन्ट लेखेपछि…

0 5

बलिउडमा थुप्रै नायिकाहरु आफ्नो अभिनयका कारण चर्चामा आउँछन् भने थुप्रै अन्य कारणले पनि चर्चा बटुल्ले गर्छन ।
सन् २०१३ मा फिल्म ‘फुक्रे’ मा अभिनय गरेकी नायिका विशाखा सिंह भने अहिले फेसबुकमा पोस्ट गरेको एउटा फोटोमा गरिएको कमेन्टका कारण चर्चामा छिन् ।हालै फेसबुकमा राखिएको उनको एउटा सामान्य पोशाक लगाएको फोटोमा मोहम्मद मुस्तकिम सैफी नामका एक फलोअरले गरेको भद्दा कमेन्ट गरेपछि यसले महिलाका सन्दर्भलाई लिएर बहस नै सिर्जना गरेको छ ।मुस्तकिमले विशाखाको फोटोमा कमेन्ट गर्दै, ‘नाइस लुकिङ एण्ड नाइस बुब्स ।’ आफ्नो फोटोमा आएको यस्तो कमेन्ट पछि उनले पनि कडा जवाफ फर्काएकी छन् । उनले कमेन्ट गर्ने मुस्तिक सैफीलाई हिम्मत भए पहिले आफ्नो प्रोफाइलमा आफ्नो फोटो राखेर कमेन्ट गर्न चुनौती दिइन् ।उनले भनिन्, ‘मिस्टर एमडी मुस्तकिम सैफी तिम्रो प्रोफाइलबाट निर्दोष कलिला बालबालिकाको तस्वीर हटाउ । सक्छौ भने तिम्रो आफ्नै प्रोफाइल फोटो राख अनि कमेन्ट गर । नाइस बुब्स, मलाई थाहा छ, म महिला हुँ र, तिम्रो सामान्य बुझाइमा पनि, ‘हो सबै महिलाको स्तन हुन्छ । तिम्री आमा, दिदी, पत्नी, आन्टी, छोरी र साथीको पनि । के तिमी ती सबैलाई ‘नाइस बुब्स’ भन्न सक्छौ ? तिमी मेरो पेजबाट बाहिरिन सक्छौं ।

त्यसलगत्तै विकास सिंह नामका अर्का पुरुषले पनि उनको टी–सर्टमा लेखिएको वाक्यलाई लिएर कमेन्ट गरे । ‘साधरण अवस्थामा तिम्रो कुरा जायज छ । तर तिमी आफ्नो अडानमा नरही बहकिन्छौं ।’त्यसपछि विशाखाले जवाफ दिइन्, ‘विकास सिंह, हेर्दा तिमी शिक्षित देखिन्छौ । टी–सर्टमा लेखिएको कुरालाई कसरी गलत अर्थ लगाउन सक्छौ ? मेरो छाती, पाखुरा र कुमबारेमा बालकजस्तो टिप्पणी बन्द गर ।’पछिल्लो समयमा सामाजिक सञ्जालमा भइरहेको यो बहस निकै चर्चाको विषय बनेको छ । नेपालसन्देस डटकम बाट साभार गरिएको