एकै घरका १० जना सहित पहिरोमा परी ५५ जनाको मृत्यु

0 2
ताप्लेजुङ—भुकम्पले थिलथिलो भएको पहाडलाई बगाउन दर्के पानी काफी बनेपछि ताप्लेजुङको पश्चिमी क्षेत्रका ६ वटा गाउ विकास समितिमा गएको पहिरोमा परी हालसम्म ५५ जनाको मृत्यु भएको छ। प्रहरीले भने हाल सम्म २१ जनाको मात्र शव फेला परेको जनाएको छ।
बेपत्ता हुनेको संख्या यकिन भएको छैन। प्रहरीले २१ जनाको मृत्यु भएको र ३७ जना बेपत्ता भएको बताएको छ। कुहिरोका बाबजुद नेपाली सेनाको हेलिकप्टरले १० जनालाई जिल्ला अस्पताल ताप्लेजुङ ल्याइपुर्यााएको छ।
घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ। घाइतेमध्ये धेरैको टाउको, हातखुट्टा र जिउका बिभिन्न भागमा चोट रहेको जिल्ला अस्पतालका डाक्टर कुमुद भट्टराईले नागरिकन्युजलाई बताए। स्थानीय हेम लिवाङका अनुसार लिवाङ गाविसको वार्ड नं १ मा १२ जना, वार्ड नं २ मा ८ जना, वार्ड नं ३ मा ४ जना र वार्ड नं ४ तथा ६ मा थप २ जना गरी २६ जनाको मृत्यु भएको छ।

उनका अनुसार मृत्यु हुनेमा वार्ड नं १ का सञ्चहाङ फेम्सोहाङका एकै परिवारका ९ सहित एउटै घरमा रहेका १० जना परेका छन्। स्थानीयका अनुसार ,सान्थाक्रामा १२ जना,खोक्लिङ गाविसमा ९ जना, थिङलावुको याक्पेलीमा ५ र लिङतेपमा ३ जनाको मृत्यु भएको छ।

ghayete

 

सेनाले उद्धार गरेका घाइतेको जिल्ला अस्पतालमा उपचार हुँदै। तस्विरः खगेन्द्र
अहिलेसम्म नाम खुलेका मृतक (स्थानीयबासीको सूचना आधारमा)
१. सञ्चहाङ फेम्सोहाङ –लिवाङ १
२. आईतमाया फेम्सोहाङ–लिवाङ १
३. शिक्षा फेम्सोहाङ –लिवाङ १
४. जुनु फेम्सोहाङ –लिवाङ १
५. प्रेम फेम्सोहाङ –लिवाङ १
६. अञ्जु फेम्सोहाङ –लिवाङ १
७. शिशिर फेम्सोहाङ –लिवाङ १
८. सपना फेम्सोहाङ –लिवाङ १
९. नाम नखुलेका एक महिला (लेलेप गाविस निवासी )
१०. सञ्चहाङका ३ महिने बालक –लिवाङ १
११. निमाखाङडु शेर्पा–लिवाङ १
१२. निमाखाङडु शेर्पाका अन्दाजी ३ बर्षिया नाती–लिवाङ १
१३. सविन मादेन–खोक्लिङ ७,
१४. बसन्त बिक –खोक्लिङ ७,
१५. राधिका खतिवडा –खोक्लिङ ५,
१६. हेमबहादुर खतिवडा –खोक्लिङ ५,
१७. मिनाकुमारी लामगादे –खोक्लिङ ५,
१८. भक्तबहादुर लामगादे खोक्लिङ ५ का एकैघरका ४ जना
१९. लिङतेप निवासी चमेली भनेर चिनिने एक महिला
२०. भक्तजन लिम्बू लिवाङ ३,
२१. मनमाया लिम्बु, लिवाङ ३,
२२. पञ्चमाया लिम्बू, लिवाङ ३,
२३. शैलेन्द्र लिम्बू, लिवाङ ३,
२४. चितमाया लिम्बू लिवाङ ३,
२५. लिङ्तेप ७ का भीमबहादुर केदेम
२६. लिङ्तेप ३ का मनमाया लिम्बू,
२७. थिङलावु ६ का मनकुमारी लिम्बू,
२८. वार्ड नं ६ कै २७ वर्षीया रनु लिम्बू,
२९. वार्ड नं ६ का ७० वर्षीय रिञ्जी शेर्पा,
३०. वार्ड नं कै सात वर्षीया सीता लिम्बू,
३१. वार्ड नं ६ कै माया लिम्बू
३२. वार्ड नं ६ कै मेनुका लिम्बू,
३३. वार्ड नं ६ कै मोहन लिम्बू,३४, ऐजन बस्ने सन्तोष थाङदेन,
३५. ऐजन बस्ने पुष्पा थाङ्देन
३६. ऐजन बस्ने चन्द्रसिंहकी श्रीमती

– Source:Nanagariknews