लुम्विनी बैंकले ल्यायो उज्वल तारा बचत खाता

0 4

 

२८ जेठ, काठमाडौं । लुम्विनी बैंक लिमिटेडले १ दिने शिशुदेखि १६ वर्षसम्मका बालबालिकालाई लक्षित गरी लुम्विनी उज्जवल तारा बचत खाता ल्याएको छ ।

लुम्विनी उज्जवल तारा बचत खाता न्यूनतम ५०० रुपैयाँमा खोल्न सकिनेछ । यस खातामा बैंकले ४.५० प्रतिशत वार्षिक ब्याजदर त्रैमासिक भ्ाुक्तानी गर्ने छ । यसमा निःशुल्क चेकबुक तथा अनलाइन बैंकिङ, एसएमएस अलर्ट, एससीटी डेबिट कार्डको निःशुल्क मासिक ५ वटा एटीएम कारोबारको सुविधा पाइने छ ।

साथै अभिभावकको खाताबाट यस योजना अन्तर्गत खुलेको खातामा गरिने नियमित रकम ट्रान्सफरको निर्देशन निःशुल्क कार्यान्वयन गरिने बैंकले जनाएको छ ।

लुम्विनी उज्जवल तारा बचत खाताबाट आफ्ना समस्त ग्राहकवर्गलाई आफ्नो बचत खाताको अधिकतम सुरक्षा तथा आकर्षक प्रतिफल प्रदान गर्न सहयोग पुर्‍याउने लुम्विनी बैंकको विश्वास छ ।