एनसेलको दैनिक प्याकमा दुईगुना डेटा भोल्युम

0 5

२८ जेठ, काठमाडौं । एनसेलले आफ्ना ग्राहकलाई विद्यमान शुल्कमै दैनिक प्याकमा दुईगुना डेटा भोल्युम प्रदान गर्न थालको छ ।

पुनर्निर्माणको चरणमा डेटाले महत्वपूर्ण भूमिका खेल्ने भएकोले ग्राहकलाई सुलभ दरमा थप डेटा उपलब्ध गराउन एनसेलले एकको दुई अफरलाई स्थाई सेवा बनाएको छ ।

यसअन्तर्गत ऐनसेलका सम्पूर्ण प्रिपेड तथा पोष्टपेड ग्राहकले अब विद्यमान मूल्यमै पहिलेको भन्दा दोब्बर भोल्युमको दैनिक डेटा प्याक प्राप्त गर्न सक्नेछन् ।

एनसेलले दैनिक डेटा प्याक लिने ग्राहकका लागि करबाहेक ६ रुपैयाँमा ३ एमबी, ९ रुपैयाँमा ६ एमबी, १२ रुपैयाँमा ९ एमबी तथा २० रुपैयाँमा २० एमबीको दैनिक प्याक उपलब्ध गराउँदै आएको थियो ।

नयाँ स्थायी सेवा लागू भएसँगै ग्राहकले अब करबाहेक ६ रुपैयाँमा ६ एमबी, ९ रुपैयाँमा १२ एमबी, १२ रुपैयाँमा १८ एमबी तथा २० रुपैयाँमा ४० एमबी डेटा पाउने छन् ।

एकको दुई योजना एनसेलले पहिलो पटक गत फागुन गते तीन महिनाको अफरको रुपमा ल्याएको थियो ।

‘योजना अवधि सकिए पनि भुकम्पपश्चातको असहज परिस्थितीमा आफ्ना ग्राहकलाई सरल तथा सुलभ रुपमा इन्टरनेट सुनिश्चित गर्न हामीले उक्त अफरलाई स्थायी सेवा बनाएका छौं’ एनसेलका कर्पोरेट संवादविज्ञ मिलन शर्माले भने ।

एनसेलका सम्पूर्ण पि्रपेड तथा पोष्टपेड ग्राहकले एस्टि्रक्स १७१२३ हृयाश डायल गरी यो प्याकमा सहभागी हुन सक्छन् । दैनिक प्याक योजना प्याक सुचारु ग्ारेको २४ घण्टासम्म मान्य हुने कम्पनीले जनाएको छ ।